वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ, मंसिर ११– गोकर्णेश्वर नगरपालिकाको नयाँवस्तीमा छ्र्योतेन टासी तामाङ गुम्बाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा गुम्बाका संरक्षक श्रद्धय गुरु टुल्कु लोसाङ नाम्गेल रेम्र्पोर्छे ज्यू र गुम्बा समितिका अध्यक्ष मान ब. लामा को अध्यक्षतामा सभा सम्पन्न भएको हो । उक्त कार्यक्रममा अतिथिहरु गुम्बाका प्रमुख लामा कर्म सिद्धि लामा लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरु उपस्थिति हुनुहुन्थ्यो । सभामा गुम्बाको भावी योजनाहरु सहित बर्षभरिका कार्यप्रगती विरण समितिका सचिव हिरा ब. लामाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष सरस्वती लामा तथा स– कोषाध्यक्ष महावीर लामाले वाचन गुर्नुभएको हो । कार्यक्रम समितिका सचिव हिरा ब. लामा ले सञ्चालन गर्नुभएको हो ।img_5465img_5376img_5337