धन सम्पतिको मालिक जमभल​

दोश्रो तल्लाको वहिरा कोठामा रहेको मुर्ति धन सम्पतिको मालिक जाम्वाला को हो । वहाँको एक हातमा मुसा छ मुसाको मुखमा नुर्वु मणि हुन्छ । हिमाली बौद्दधर्मको महायानी र बज्रयानी अन्तरगतका बौद्दमार्गिहरुको धनसम्पतिका मालिक जाम्वाला लाई लक्ष्मीको प्रतीकका रुपमा श्रद्दापूर्वक पाठपूजा र जप गर्दछ । गुम्बाको धन सम्पतिको रक्षा होस भनि यस देउताको स्थापन गरेको हो । यस देउताको नित्य पाठपूजा र जप गरेमा धनसम्पति आयाअर्जनमा महत्वपूर्ण मार्ग प्राप्त हुन्छ । वहाँको मत्र “ॐ जमभल जलेन्दय स्वहाः” हो ।