महाकाला(माहणिङ गोन्पो) / दोर्जे सेम्बा

महाकाला(माहणिङ गोन्पो):

दोश्रो तल्लाको बाहिर महाकाला(माहणिङ गोन्पो) को मुर्ति रहेको छ । यो देउता यस गुम्बाको धर्मपाला हो । बुद्दिष्ट जातिको कुल धर्मपालक यस भित्र पर्दछ । हामी मानव जातिको विवाह गर्दा, नया घर बनाउदा, देश बिदेश जादा, छेवार पास्नि गर्दा यस धर्मपालाको पुजा गर्नुपर्छ। नराम्रो ग्रह वाधाहरु हटाउनको लागी यस धर्मपालाको पुजा गर्नु पर्दछ।

 दोर्जे सेम्बा:

पहिलो तल्लाको गुरु रिम्पोर्छेको दाहिनेतर्फ दोर्जे सेम्बा याब ह्युमको मुर्ति रहेको छ । दोर्जे सेम्बाको दाया हातमा बज्र वाया हातमा डिल्बो धारण गरेको छ । दोर्जे बुबाको शक्तिको प्रतिक हो भने डिम्बो आमाको शक्तिको प्रतिक हो । मानव यस ससारमा जन्मको बेला शुद्द गराउदा अथवा न्वारन गराउदा यसै देउताको पाठ गरी शुद्द गराइन्छ।