सिङगी दोङबो / रिग्जिन ज्याछोन ञ्यिङपो

 सिङगी दोङबो :

यो सिहं मुख भन्ने सिङ्गी दोङ्बो देउताको मुर्ति हो । यस देउतालाई खाण्डोमा भन्दछ। यो ग्रिन तारा देउताको अवताको अवतार हो । दायाँ हातमा हतियार र वायाँ हातमा कपाला र त्रिशुल समेत धारण गर्नुभ​एको छ ।वायाँ खट्टाले बाम्रो फोमो राक्षसलाई थिची उभिरहेको छ । यस संसारमा राक्षसहरुले मानिसहरुलाई दुख दिएको बेला राक्षसहरुलाई भष्म गर्नको लागि ग्रिन ताराले यो रुप लिएको हो भनिन्छ​। वहाँको मन्त्र “आका सामा राजा स्याप्तारा हुँ फेद्” हो।

रिग्जिन ज्याछोन ञ्यिङपो:  

यस देउताको नाम रिग्जिन ज्याछोन ञ्यिङपो हो । यो देउताको ञ्यिङपा सम्प्रदायको तेर​(मणिक​) बाट निकाली ञ्यिङमा धर्मको शक्तिको प्रचार गराउनु भयो । वहालाई ज्याछोन ञ्यिङपो, डाकछाङ र उग्रेन लेठोको नामको पनि चिनिन्छ​।