छ्योर्तेन टासी तामाङ गुम्बा

हाम्रो धर्म कर्म र संस्कृती  बौद्द परम्परामा आधारित छ । हामी आफ्नो धर्म र संस्कृतीको संरक्षण र सम्वर्दन गर्दै रास्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा न्याय , शान्ति र प्रगतिको लागि योगदान दिन चाहन्छौ । त्यसको लागि संगठित सामाजिक संस्थाको आवश्यक पर्ने भएकोले कृषक,व्यापारी,समाजसेवि,विभिन्न पेशामा आवद्द व्यक्तिहरु एवं प्रतिष्ठित बुद्दिजिवीहरुको भेलाले राष्ट्रिय स्तरको गुम्बा निमाण गर्न २०५७ सालमा ३७ सदस्यीय एक "छ्योतेंन टासी तामाङ गुम्बा" केन्द्रिय समिति गठन गरी हाल गुम्बाको ९०% निर्माण कार्य सम्पन्न भइसकेको छ। यस गुम्बाको प्रथम साधारणसभाले गुम्बाको केन्दिय समिति ४५ सदस्यीय कायम गरिएको छ। यस गुम्बाको भुइतलामा विभिन्न समारोहहरु आयोजना गर्न को लागि हल निर्माण गरिएको छ । गु...>>Read More

संरक्षक

  • लोसाङ नाम्गेल रिन्पोर्छे
  • कर्मसिद्धी लामा
  • कुसुम लामा

हाम्रा कार्यक्रम

अनुरोध

यो छ्योतेंन टासी तामाङ गुम्बामा विभिन्न सामाजिक साँकृतिक एवं धार्मिक कार्यहरु सञ्चालन र बौद्द धर्म सम्बन्धी शिक्षाको पठनपाठन गर्नको लागि हाल निर्मित गुम्बा भवनको क्षमताले नभ्याउने भएकोले गुम्बाको पश्चिमतर्फ रहेको जग्गा खरिद गर्ने सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल भइरहेकोले आर्थिकरुपमा गुम्बा तयार रहनुपर्ने अवस्था सहयोग गरिदिनु हुन गुम्बा समिति हार्दिकताका साथ अपिल गर्दछ।साथै गुम्बाको निर्माण कार्य र अन्य भौतिक सामाग्रीहरु खरिद गर्ने जस्तो पवित्र कार्यको लागि रु ५०००।- वा सो भन्दा माथि आर्थिक सहयोग गर्नुहुने महानुभवहरुको नाम गुम्बाको शिलापत्रमा लेखिने व्यहोरा समेत जानकारी गराउँदछौ|...